d

चार महिनामा चार करोड ७० लाख थान डायपर आयात

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली बालबालिका एवं अशक्त वृद्धवृद्धाका लागि प्रतिमहिना १५ करोड ९७ लाख १० हजार २५० रुपैयाँको डायपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्यांकमा आयातको उक्त अंक उल्लेख भएको छ ।

डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ । समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो । हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रूपमा प्रयोग गर्दथे ।

आव २०७८/०७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट ६३ करोड ८८ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो । सबैभन्दा धेरै भारतबाट ६० करोड ७० लाख १९ हजार १४३ रुपैयाँ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ । आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ ।

दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट दुई करोड ६३ लाख ५४ हजार ६९ रुपैयाँ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ । उक्त तथ्यांकलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ ।

तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर ४४ लाख ६६ हजार २१७ रुपैयाँमा आयात भएको छ ।

Global bank
शिशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको कांछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अंग्रेजीमा ‘डायपर’ भनिन्छ ।

नेपालले डायपर आयात गर्ने चौथो ठूलो मुलुक थाइल्यान्ड हो । थाइल्यान्डबाट नेपालले ५६ हजार ४०० थान डायपर सात लाख ६६ हजार ४७६ रुपैयाँ मा आयात गरेको छ ।

त्यसैगरी, डायपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङकङबाट एकथान डायपर आयात भएको विभागले प्रकाशन गरेको आव २०७८÷०७९ को चार महिनाको तथ्यांकमा उल्लेख छ ।

चार महिनाको डायपर आयातबाट राज्यले १८ करोड ७५ लाख ५९ हजार रुपैयाँ भन्सार असुली गरेको छ । डायपर आयातमा भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालमा डायपर उद्योगको ठूलो सम्भावना देखिन्छ ।


आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक दुइ अर्ब रुपैयाँको डायपर खपत हुने देखिन्छ । प्रचुर सम्भावनाको क्षेत्र भएर पनि नेपाली उद्यमी यसतर्फ आकर्षित भने हुन सकेका छैनन् । रासस

Views: