d

गौरादह नगरपालिकामा लाग्यो पुनः ताला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

No description available.

झापा: झापाको गौरादह नगरपालिकामा स्थानीय व्यवसायीले पुनः तालाबन्दी गरेका छन् । थोक बजार स्थलमा व्यापारीहरुलाई स्थानान्तरणको माग गर्दै उनीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका बताइएको हो । 

May be an image of 10 people and people standing

स्थानीय अम्बर मा. वि. को जग्गा २५ वर्षको लागि भाडामा लिएर थोक बजार स्थल सन्चालन गर्न भौतिक संरचना समेत बनाइसकेको नगरपालिकाले व्यापारीहरुलाई उक्त बजारमा आकर्षण गर्न भने सकेको देखिदैन । 

केही थोक बिक्रेताहरु थोक बजार स्थलमा गएको भएता पनि धेरै जसोले व्यस्त सडक ओगटेर व्यवसाय सन्चालन गरेको पाइन्छ । जसका कारण ट्राफिक व्यवस्थापन गर्न समेत हैरान हुने गरेको ट्राफिक प्रहरीहरुले बताउने गरेका छन् । 


गत मंसिर १८ गतेको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन नगरिएको भन्दै त्यसको विरोध स्वरुप तालाबन्दी गरिएको जनाइएको छ ।

No photo description available.

यस सम्बन्धी थप सामाग्री पुन: प्रकाशन गरिने छ । 

Views: