d

७७ जिल्ला समितिलाई राप्रपा अध्यक्ष लिङ्देनको सर्कुलर : खादा, मालाको तामझाम नगर्नू

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरुमा माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् । पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपा महामन्त्री  भुवन पाठकले जानकारी दिए ।
केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा लिङ्देनले २५ केजीको फुलको माला अस्वीकार गरेका थिए । 

 

Views: