d

आगामी निर्वाचनमा प्रचण्डलाई चितवन बाट पत्तासाफ पार्छु : बिक्रम पाण्डे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले ३० औं वर्षदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले माडीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको माडीमा पुगेर गत निर्वाचनका चुनावी प्रतिस्पर्धी पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यङ्ग्य गरेका हुन् ।

उनले राप्रपाको राष्ट्रिय महाधिवेशनबाट हाम्रो पार्टी अग्रगमन र पच्छगमनकारी के रहेछ भन्ने स्पष्ट भएको बताए । उनले भने, ‘ राप्रपाले जनजाति युवालाई महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित गरेको छ । ३० औं वर्षदेखि एउटै व्यक्ति लाई अध्यक्ष बनाएर जनता झुक्याउँदै हिड्ने पार्टी हामी होइन । देशलाई ठूला पार्टीले पच्छगमनमा पु¥याएका छन्, जनतालाई झुक्याइएको छ । ’

मैले ल्याएका विकासका टेन्डरहरु अलपत्र परेको भन्दै उनले माडीको विकास निर्माणले जनप्रतिनिधिलाई गिज्याएर बसेको विचार राखे । उपाध्यक्ष पाण्डेले भने, ‘ रिउ करिडोर बनाउने योजना अगाडि बढाएको थिए । जनताको जमिनमा जंगली जनावर पस्न नपाउने योजना बनाएको थिए । माडीमा चक्रपथको अवधारणा थियो । त्यो पनि अवरुद्ध भएर बसेको छ ।’

उनले पृथ्वीनारायण शाहाले एकीकरण गरेको देश अहिले संघीयताको नाममा कित्ताकाँट गरेर राखिएको बताए । उनले संघीयताको विरोध गर्दै भने, ‘ संघीयताले देशको विकास हुन्छ भनिएको थियो तर हामीले तिरेको तिरोबाट पालेर नै नसक्ने अवस्था आयो । उनले आफूले माडीलाई नगरपालिका बनाएको दाबी गर्दै आज माडी नगरपालिका नबनाएको भए, इलाका प्रशासन र मालपोत नल्याएको भए यहाँको अवस्था के हुन्थ्यो होला भन्ने प्रश्न गरे । उनले पृथ्वीनारायण शाहाको सन्तानलाई राजाबादी भन्न नपाइने चीनमा जन्मिएको माओलाई मानेर हिड्नुपर्ने अवस्था रहेको बताए । उपाध्यक्ष पाण्डेले भने, ‘हामी राष्ट्रवादी हौं । हामी नेपालको धर्तीमा असंलग्न परराष्ट्र नीति, उत्तर र दक्षिण तिर साँठगाँठ नगरी विकास गर्न चाहन्छौं । सबै धर्मलाई सम्मान गर्छौ । विभिन्न भाषाहरुलाई समान सम्मान गर्छौ । विदेशी धर्मगुरुकोमा गएर प्रसाद चाख्ने काम राष्ट्रवादीले कहिल्यै गर्दैन । धर्मिक पर्यटकीय क्षेत्र , माडीले सम्भावना बोकेर अगाडि बढेको छ ।’

विक्रम पाण्डे आउँदै आएन भनेर माडी बासीले भनेको भन्दै उनले भने, ‘म सांसद हुँदा र मन्त्री हुँदा काम गर्न नदिनेहरु थिए । उहाँहरुबाट कुनै काम हुन सकेको छैन । अहिले माडी आउँदा कहीँ पनि देख्दिन । जंगलमा पिचको ठेक्का लगाएको थिए , अहिले सम्म धुले बाटो त्यस्तै छ । सिंगो प्राणीलाई विकास गर्नुपर्छ । व्यक्ति होइन । रीलमाण्डु । 

Views: