d

पहाडैपहाड भएकाे देशमा भ्यु–टावर बनाउँछाैँ भनेर नेताहरूले हावादारी कुरा गर्ने ? : डा. भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै – सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गरेका छन् ।  

आज शुक्रवार नेपाल इन्जिनियर्स एसाेसिएशनले काठमाण्डाैमा आयाेजना गरेको कार्यक्रममा नेता भट्टराईले यस्ताे बताएका हुन् । उनले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याए ।

उनले भने, ‘पहाड आफैँ भ्युटावर हाे नि हाम्राे ! त्यहाँ भ्युटावर किन चाहियाे ? साधन स्राेतकाे दुरुपयाेग, जनता पनि कुरै नबुझी विकास भनेकाे भ्युटावर नै हाे रहेछ भन्ठान्छन् अनि एउटा भ्युटावर बनाइदिनुपर्‍याे भन्छन् । नेताहरूले यस्ताे हावादारी कुरा गर्ने हाे ? नेताले सही कुरा जनतालाई बुझाउन पर्दैन ?’

अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गरे । 

Views: