d

लोसपामा राजेन्द्र महतो समूहको विद्रोह, केन्द्रीय कार्यालयमा १६१ जनाको धर्ना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । पार्टीभित्र अध्यक्षले एकलौटी र हुकुमी शैली अपनाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र विद्रोह सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक विधि र पद्धतिबाट पार्टी सञ्चालन नगरेको भन्दै असन्तुष्ट बनेको राजेन्द्र महतो समूहले संघर्ष सुरु गरेको हो ।

संघर्षस्वरूप पार्टीका धनुषा र महोत्तरीका १६१ नेता तथा कर्याकर्ताले आइतबारबाट पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना सुरु गरेका छन् । नेता सञ्जयकुमार चौधरीकाअनुसार आजबाट संघर्षका कार्यक्रम सुरु गरिएको बताइएको छ। 

Views: