d

धनगढी विमानस्थलका लागि एक अर्ब बजेट विनियोजन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले सुदूरपश्चिमको राजधानी कैलाली स्थित धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ ।

क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० विगाह जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको बताएको छ।  

image: khabarhub

Views: