d

महाधिवेशनस्थलबाट हटाइयो प्रचण्डको डमी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन प्रज्ञा भवन, कमलादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डमी हटाइएको छ। 


महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहँदा प्रज्ञा भवन परिसरमा प्रचण्डको डमी ल्याएर राखिएको थियो।

सामान्य मानिसभन्दा अग्लो उक्त डमी राखिएपछि फोटो खिचाउनेको भिड लागेको थियो।

ओलीकै शैली पछ्याउँदै प्रचण्ड, महाधिवेशनस्थलमा राखियो 'स्ट्याचु'
ad
उक्त डमी महाधिवेशनस्थलमा राखिएपछि माओवादी कार्यकर्ताले नै चर्को आलोचना गरेका थिए।

उक्त डमीलाई लिएर सामाजिक सञ्जालमा प्रचण्डले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याएको भन्दै हाँसी मजाक भएको थियो।

यो महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड निरन्तर हुने पक्का भएको अवस्थामा प्रचा, पम्प्लेटदेखि तुल ब्यानरसम्म उनका तस्बिर सजाइएको छ।

Views: