d

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच ‘आलोपालो’ को सहमति 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिलेर अघि बढ्ने सङ्केत देखाएका छन् । पुस १० गते बसेको केन्द्रीय समिति बैठकअघि थापा र शर्माबीच मिलेर अगाडि बढ्ने सहमति भएको हो ।

दुई महामन्त्रीमा थापाको वरियता अगाडि भए पनि केन्द्रीय समिति बैठकमा आलोपालो प्रस्ताव राख्ने सहमति भएको छ । विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्मा राजी भएका छन् ।


नेपाली काँग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । त्यसमा मूलतः केन्द्रीय कार्यसमितिमा प्रस्ताव आलोपालो प्रस्तुत गर्ने दुई नेताबीच सहमति भएको हो । महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने कुरामा पनि सोही सहमति लागु हुने नेताहरुले बताएका छन् । थापा र शर्माले दुईजना मिलेर जाने बताउँदै आएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि थापासँग हल बाँधिएर काम गर्न तयार रहेको शर्माले बताएका थिए ।


‘महामन्त्रीमा दुईजना युवालाई निर्वाचित गरेर जे आकांक्षा देशले प्रकट गरेको छ, त्यसबमोजिम हामी दुईवटै युवाले देशले एउटा हल बाँधिएर जोडी बाँधिएर काम गरून् भन्ने अपेक्षा राखेको छ, त्यो अपेक्षा हामी पूरा गर्छौँ,’ शर्माको भनाइ थियो । राताेपाटी

Views: