d

विदेशी सहयोगले आर्थिक समस्या समाधान नहुने तालिबानको निष्कर्ष, निर्यात बढाउने लक्ष्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : अफगान अर्थतन्त्रलाई पतन हुनबाट जोगाउन तालिबान सरकारले निर्यात बढाउने भएको छ । वैदेशिक सहायताले मात्र देशलाई गरिबीको दलदलमा फस्नबाट जोगाउन नसक्ने ठहर गर्दै निर्यात बढाउन पहल गर्ने अफगानिस्तानका एक सरकारी अधिकारीले बताएका छन् । ‘विदेशी मानवीय सहायताले मात्र अफगानिस्तानको आर्थिक समस्या समाधान हुँदैन । आर्थिक रुपमा आत्मनिर्भर हुने एउटै उपाय भनेको स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरी विदेश निर्यात गर्नु हो’, तालिबान सहायक विदेश मन्त्री शेर माहम्मद अब्बास स्टानिज्काईले बताएका छन् ।
 
विश्व बैंकको तथ्यांकअनुसार हाल अफगानिस्तानको अर्थतन्त्रको ४०% हिस्सा विदेशिक सहयोगले ओगटेको छ । सन् २०२० मा अफगानिस्तानले अधिकांश आवश्यक वस्तुहरु विदेशबाट आयात गरेको थियो । ९ अर्ब अमेरिकी डलर बराबरको आयात गर्दा ८० करोड डलर बराबरको वस्तु मात्र निर्यात गरेको थियो । विगत ४ महिना यता अफगान अर्थतन्त्र निकै खस्किँदै गएपछि संयुक्त राष्ट्र संघले समेत देशको आधा जनसंख्या भोकमारीको त्रासमा रहेको चेतावनी दिएको छ । नेपाली पैसा

 

file image

Views: