d

भारत र चीनबीचको व्यापारमा वृद्धि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बेइजिङ : सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्यांक हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ ।  चिनियाँ राजस्व प्रशासन कार्यालय (जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स) को अघिल्लो महिनाको तथ्यांकका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ । 
 
जनावरी देखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ । भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ । त्यस्तै भारतले चाँही चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ ।
 
रासस सिन्ह्वा

Views: