d

सोमबार सुनको भाउ सामान्य बढ्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं  : सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 


यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

Views: