d

सप्तकोशी बैंक: आर्थिक हिनामिना गरेका बैंकका सिईओलाई पक्राउ गर्न माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर - सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिए ।


बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको छ । 

Views: