d

पर्दाफास समाचार: गौरादह फिजियो थेरापी केन्द्रमा जे देखियो...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्थानीय समाजसेवी रमेश दंगालले पर्दाफास मिडियाका सम्पादक सान नेपाललाई फोन गरेर भन्नू भयो, 'सान सर तपाईं कहाँ हुनुहुन्छ? एउटा सानो बालकको उद्दार गर्नुपर्ने भयो, गौरादह डिपु चोकमा रहेको फेजियो थेरापी सेन्टरमा आउनु न! 

 

No description available.

 

लगत्तै पर्दाफास टिम उक्त थेरापी केन्द्रमा पुग्दा जे देखियो त्यो अत्यन्तै पीडादायक दृश्य थियो । 

एउटा सानो बालकलाई कुर्सीमा हात-खुट्टा बाधेर राखिएको छ। बच्चाको शारीरिक अवस्था अत्यन्तै कमजोर र सुस्त मनस्थितिको देखिन्छ । 

छेउमा बालकलाई सुम्सुम्याएर बसेकी एक महिला छिन् । महिलाको अनुहारले उनी निकै ठूलो दु:खमा छिन् भन्ने सहज रूपमा अन्दाज गर्न सकिन्थ्यो । 

 

No description available.

भएको के थियो? हामीले फेजियो थेरापिस्ट  डा. अभि साहलाई सोध्यौं । 

वहाँले भन्नुभयो 'यो बच्चालाई Acute Encephalopathy वा Wilson's Disease सम्बन्धि समस्या भएको हो ।'

हामीले प्रतिप्रश्न गर्यौ, 'त्यो भनेको कस्तो रोग हो?'

डा. साहले भन्नुभयो, 'Acute Encephalopathy वा Wilson's Disease बच्चामा हुने असामान्य समस्या हो, यस्तो समस्या निकै कम बच्चामा देखिने गर्छ । शुरुमा हातगोडा र जोइन्टहरुमा असर देखापर्छ । हातगोडा कक्र्याककुक्रुक पार्छ। बिस्तारै बोली लटपटिन थाल्छ । बच्चा मानसिक रूपमा दुर्वल हुँदै जान्छ।'

 गम्भीर प्रकृतिको रोग Acute Encephalopathy वा Wilson's Disease को शिकार भएका बालक रोशन लुइँटेल  गौरादह ७ ठकठकेका ११ वर्षीय बालक हुन् । उनलाई यस्तो भएको झण्डै ९ महिना भएको छ । 

उनकि आमा भोजकुमारी लुइँटेलको भनाइ अनुसार आर्थिक अभावका कारणले उपचारमा कठिनाइ भएको छ ।

 Acute Encephalopathy वा Wilson's Disease को शिकार भएका उनी बोल्न चाहन्छ्न् तर बोली लटपटिदै गएको छ र हिजोआज उनको बोली ठप्पनै भएको छ । 
अत्यन्तै कष्टकर समस्यामा रहेका रोशन आफ्ना आमा बुवाको दयनीय आर्थिक अभावका कारण उपचार हुन बाट बन्चित भएका छन् । 

गत ९ महिना देखि गम्भीर रूपमा बिरामी परेका लुइँटेल ग्वलडुब्बा स्थित इमिनेन्ट कंचनजंघामा कक्षा ५ का बिद्यार्थी हुन् । 

आफ्नो छोरो अनौठो र कष्टपूर्ण रोगबाट थलिएपछी रोशनका आमा बुवा गम्भीर समस्यामा परेका छन् । 

 

No description available.गंभीर विरामी परेका रोशन , उनकी आमा भोजकुमारी लुइटेल र थेरापिस्ट अभी साह 

 

छोराको उपचारमा आर्थिक संकट झेलेका लुइँटेल दम्पति संग धन सम्पत्तिको त के कुरा भरे खाने एक मुठी अन्नको जोहो समेत छैन ।

उपचारको लागि संखुवासभाको खादबारी, नोबेल अस्पताल बिराटनगर र भारतको सिलिगुडी सम्म पुर्याएका रोशनको उपचारक्रममा कुनै सुधार समेत नआएको आमा भोजकुमारी लुइटेल बताउनुहुन्छ । 

'बाबू अकस्मात बिरामी पर्यो, उपचारको लागि विभिन्न ठाउँमा लगियो तर बिसको उन्नाइस हुन सकेको छैन ।', रोशनकि आमा  भोजकुमारीले पीडा सुनाउनु भयो । 

'एक वर्ष देखि उपचारको लागि कुदिरहेका छौँ, अलिअलि भएको सम्पत्ति सबै सकियो, अब कहाँ लगेर कसरी उपचार गर्ने हो केहि थाहा छैन।', वहाँको भनाई छ। 

चिकित्सककै सल्लाह अनुसार अहिले उनको उपचार गौरादह फिजियो थेरापी क्लिनिकमा भइरहेको छ । 

फिजियो थेरापीबाट उपचार हुने विश्वासमा रहेका लुइँटेल दम्पतीलाई आर्थिक अभावकै कारण उक्त उपचारमा पनि समस्या हुने देखिएको छ । 

'४ महिना जति यो बालकलाई हाम्रो निगरानीमा राखेर उपचार गर्न पाए उनको स्वास्थ्य अवस्थामा निकैनै सुधार ल्याउन सकिने थियो।', थेरापिस्ट साह बताउनु हुन्छ । 
'यो निकैनै जटिल प्रकृतिको समस्या हो, लामो समय थेरापी दिन सके सकारात्मक परिणाम निस्किन सक्छ ।', साह बताउनुहुन्छ । 

'थेरापी गर्न समेत दैनिक ३०० रुपैयाँ समेत जोहो गर्न सक्ने अवस्था छैन, थेरापीमा बुझाउने पैसा समेत छैन ।', जनमन गरेर परिवारको दैनिक छाक टार्दै आउनुभएकी आमा भोजकुमारीले चिन्ता व्यक्त गर्नुभयो ।

 

No description available.गौरादह फिजियों थेरापी केन्द्रमा थेरापी सेवा लिदै स्थानीयहरु 

 

 

No description available.

Views: