d

देउवाप्रति रवीन्द्र मिश्रको व्यंग्य :  बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुन्ड्याउनोस्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो झुन्ड्याउन सुझाव दिएका छन्। 

बुधबार राति एक टेलिभिजन कार्यक्रममा बोल्दै संघीयताविरोधी मिश्रले गत आइतबार काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डको प्रशंसा गरेकोप्रति आक्रोश पोखेका  हुन्। 

सम्बोधनमा देउवाले प्रचण्डले नै देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउने क्रान्तिका नायक भनेका थिए। 

यसैकारण मिश्रले देउवालाई पार्टी कार्यालयमा बीपीको होइन, प्रचण्डको फोटो राख्न भनेर कटाक्ष गरेका हुन्।  


‘किनभने कांग्रेस सभापति शेरबहादुर देउवाले नै वर्तमान परिवर्तनका नायक प्रचण्ड हुन् भनिसके,’ मिश्रले भनेका छन्। 

उनले आफ्नो यो अन्तर्वार्ता सामाजिक सञ्जालमा राखेका छन्। 

त्यसमा पनि खासगरी माओवादीप्रति बढी आक्रामक देखिन्छन्। 

Views: