d

गौरादहमा अर्गानिक कृषि पसल सन्चालनमा, आयातित सब्जी भन्दा सस्तो हुने दावी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा अर्ग्यानिक सब्जी पसल शुरु गरिएको छ।  महारानी झोडा साना किसान सहकारी संस्था लि को पहलमा विषादी रहित तरकारी र फलफुलको पसल सुचारु गरिएको हो।

No description available.  

गौरादह डिपु चोकमा संचालनमा ल्याइएको  सब्जी पसलमा स्थानिय किसानहरुले उत्पादन गरेको विषादी मुक्त र रासायनिक मल समेत प्रयोग नगरिएको तरकारी पसल संचालनमा ल्याइएको बताइएको छ।  

No description available. 

सोमबार औपचारिक रुपमा संचालनमा ल्याइएको पसलमा गौरादह नगरपालिका भित्रका साना किसान सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको कृषि सामाग्रीहरुलाई प्राथमिकता दिईएको संस्थाकी अध्यक्ष मिना ढकाल बताउनु हुन्छ। 

'हामीले साना किसान आवद्द सदस्यहरुलाई अर्गानिक उत्पादनको लागि विभिन्न तालिमहरु प्रदान गरेका छौं, विषादी मुक्त र अर्गानिक उत्पादनको लामो प्रयास पछि किसान दाजु भाई दिदी बहिनीहरुले सफलता प्राप्त गर्दै जानु भएको छ।', ढकालले बताउनु भयो।  

साना किसान आवद्द किसानहरुको उत्पादन बाहेक अन्य कृषकहरुको उत्पादनलाई समेत प्राथिमिकतामा राखेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने संस्थाको लक्ष रहेको वहाँ बताउनुहुन्छ।  

'गौरादहलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा चिनाउने लक्षमा अर्गानिक पसल समेत कोशेढुङ्गा सावित हुन्छ भन्ने हामीले विश्वास  लिएका छौं।', पर्दाफास प्रतिनिधी संग कुरा गर्दै ढकालले बताउनु भयो।  

हाम्रो प्रयास गौरदाहलाई मात्र अर्गानिक गन्तब्य बनाउने होइन, यसको संदेश समग्र नेपाली किसानलाई जावोस भन्ने छ।', अध्यक्ष ढकाल बताउनु हुन्छ।  

अर्गानिक पसलमा बिक्री गरिने सामग्रीहरु बाहिर बाट आयातित सब्जी भन्दा सस्तो हुने संचालकको दावी छ।  

Views: