d

 अध्यक्ष लिङ्देनको श्रेणी बिभाजन योजना, स्थानिय समितिलाई प्रतिस्पर्धी बनाउने तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले हरेक पालिकाहरुमा श्रेणी बिभाजन गर्ने भएको छ । पार्टीको सांगठनिक अवस्थाको डेमोग्राफिक अध्ययन गर्दै ७५३ वटै पालिकामा आफ्नो शक्ति मुल्यांकन गर्ने योजना बनाइएको हो । 
पार्टीको नेतृत्व राजेन्द्र लिङ्देनले सम्हाल्ने बित्तिकै हरेक पालिकालाई ३ श्रेणीमा बिभाजन गरेर स्थानीय तहमा राप्रपाको सांगठनिक संरचनाको अवस्था अध्ययन गर्न लागिएको बताइन्छ । 

यस अभ्यास अन्तर्गत अब राष्ट्रिय प्रजातन्त्र पार्टीका हरेक पालिका समितिले आफ्नो पालिका कुन श्रेणीमा छ भनेर केन्द्रलाई जानकारी गराउनु पर्ने छ । 

राप्रपा झापा अध्यक्ष केशव ओझा भन्छन्, "कुन स्थानीय तहमा पार्टीको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न  'क', 'ख' र  'ग' गरेर ३ वटा श्रेणीमा स्थानीय तहलाई  बिभाजन  गरिने छ । पहिलो तह अर्थात 'क' श्रेणीमा रहेका पालिकामा हामी अन्य दलको संगठन भन्दा बलियो छौँ भन्ने जनाउछ, 'ख' श्रेणीमा रहेको अवस्थाले हाम्रो पार्टीले कुन कुन वडामा विजयी हुन्छ भन्ने हो, तेश्रो श्रेणीमा पर्ने पालिकामा कुन शक्ति संग समन्वय गरेर आगामी स्थानीय  निर्वाचनमा भाग लिने भन्ने हुन्छ।'

आगामी दिनमा पार्टी संगठनलाई बलियो बनाउदै लाने रणनीति राप्रपाले लिएको बताइन्छ । 

राप्रपा भित्र शुरु गरिएको यो अभ्यासले पार्टी संगठन बिस्तारमा महत्त्वपूर्ण कदम चाल्ने राप्रपा नेताहरु बताउछन् ।

'काम गर्न नसक्ने र पद मात्र ओगट्ने प्रबृत्तिको यसले अन्त्य गर्ने छ, सबल व्यक्तिलाई किनारा लगाएर असक्षम र क्षमताविहिनहरुले पद मात्र ओगट्ने प्रवित्तिको अन्त्त्य गर्न पनि श्रेणी बिभाजन अपरिहार्य रहेको छ ।', एक केन्द्रीय नेताले भने ।

Views: