d

देशभर सार्वजनिक बिदा, निजी बिद्यालयलाई लाग्दैन नियम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। यसै अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधवारको बैठकले ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गुरुङ समुदायको महान पर्व तमु ल्होसारमा सरकारले सार्वजनिक विदा दिएको भएता पनि निजी बिदयालयहरु ठाउँ ठाउँमा संचालनमा आएको पाईएको छ । 
परीक्षाको कारण देखाउदै बिद्यालय संचालन गरेको पाइएको हो । 

सार्वजनिक बिदाको दिन बिद्यालय संचालन गरिनु उचित नहुने इस्टु झापाका अध्यक्ष होमराज खतिवडा बताउछन् । 

सार्वजनिक बिदामा समेत विद्यालय संचालन गर्ने बिद्यालयले बिदाको दिनको पारिश्रमिक छुट्टै उपलब्ध गराउछन् गराउदैनन् भन्ने बारे इस्टु सचेत रहने उनको भनाई छ । 
 

Views: