d

राप्रपा झापा: कन्काई नगरका घरघरमा राष्ट्रिय झण्डा र पार्टी झण्डा अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी कन्काई नगर समितिले घरघरमा झण्डा गाड्ने अभियान चलाएको छ । राप्रपा नगर समितिको अगुवाई प्रत्येक कार्यकर्ता र शुभचिन्तकको घरमा गाई अंकित राप्रपाको झण्डा र नेपाली राष्ट्रिय झण्डा घरघरमा झण्डोत्वलन गर्ने कार्य प्रारम्भ गरेको बताइएको हो । 

कन्काई नगरसमितिले शुरु गरेको यस प्रकारको महत्त्वपूर्ण कार्यलाई झापाका अन्य पालिकाले पनि अनुसरण गर्नु पर्ने बताउछन् राप्रपा झापा अध्यक्ष केशव ओझा। 

'अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा हरेक वर्गको आकर्षण बढ्दै गएको छ । पार्टीमा राजेन्द्र लिङ्देनको ऐतिहासिक जित संगै सिंगो मुलुक राप्रपाले लिएको एजेन्डाको पक्षमा उभिएको छ, यस्तो अवस्थामा घरघरमा राष्ट्रिय झण्डा र पार्टीको झण्डा फहराउनुले अत्यन्तै महत्त्वपूर्ण उदाहरण प्रस्तुत गर्न सक्छ ।', जिल्ला अध्यक्ष ओझाले बताए 

Views: