d

पाकिस्तान, इरान र टर्कीबीच मालवाहक रेल सेवा सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पाकिस्तान, इरान  र टर्कीबीच व्यापारलाई बढावा दिने उदेश्यले मालवाहक रेल सेवा सुरु भएको छ । 


पाकिस्तानका रेलमन्त्री आजम खान स्वाती र विदेशमन्त्री शाह महमुद कुरैशीले मरगला रेलवे स्टेसनबाट यो रेल सेवाको सुरुवात गरेका थिए । 
यो रेल सेवाको नाम इस्लामावाद, तेहरान र इस्तानबुलको नाममा ‘आईटीआई’ राखिएको छ । 

रेल सेवाले त्रिदेशीय व्यापारलाई बढावा दिने पाकिस्तानका विदेशमन्त्री कुरैशीले बताएका छन् । रेलमन्त्री स्वातीले छिट्टै त्रिदेशीय यात्रु वाहक रेल सेवा पनि सुरु गरिने जानकारी दिए । 

image: silk road briefing

Views: