d

कायममुकायम प्रधान सेनापतिमा कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 

काठमाडौं । सरकारले नेपाली सेनाको कायममुकायम प्रधान सेनापति भइ कार्यभार सम्हाल्न बालाधिकृत रथी बालकृष्ण कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

तस्बिर: अन्नपूर्ण 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधान सेनापति तोक्न राष्ट्रपति समक्ष सिफरिस गरिएको जानकारी दिए । 

‘नेपाली सेनाका सेनापति, प्रभुराम शर्मा यही पुस १८ देखि ३० सम्म घरबिदामा रहने भएकोले’ सरकारका प्रवक्ता कार्कीले भने, ‘बालाकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायाममुकायकम प्रधानसेनापति भइ कार्यभार सम्हाल्ने गरी गर्न तोक्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।’

Views: