d

आलमको मुद्दा हेर्न नभ्याइने सूचीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको थियो। समय अभावपछि सो मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो।


सो मुद्दाको पेशी शुक्रबार न्यायाधीशद्वय दिपककुमार कार्की र प्रकाश ढुङ्गानाको संयुक्त इजलासमा तोकिएको थियो । विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

Views: