d

लिङ्देनको पहिलो एक्सन, पार्टी हित बिपरित जाने अध्यक्ष सहित ४ जना निष्काशित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पर्दाफास पौष १६/ काठमाडौं: पार्टी हित विपरीत गतिविधि गर्ने राप्रपा कार्यकर्तालाई कार्वाही गर्न शुरु गरिएको छ। काभ्रेपलान्चोक जिल्ला समिति अध्यक्ष टुल्कु लामा, उपाध्यक्षहरु श्रीदास लामा र 
गंगा लामा, तथा सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी बाट गरिएको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रिय समितिको बैठकले उनीहरुलाई अनुशासनको कार्वाही गरिएको जनाइएको छ । 
पार्टीको यो निर्णय संगै राप्रपा भित्र थप अनुशासनको कार्वाही हुन सक्ने समेत संकेत देखिएको छ । 

No description available.

उनीहरुलाई कार्वाही गर्नको लागि जिल्ला कार्यसमितिको विषेश बैठकले गरेको सिफारिस अनुसार केन्द्रले प्रक्रिया अगाडी बढाएको बुझिएको छ । 

Views: