d

पाल्पा दुर्घटना : बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वीरवहादुर रसाइलीकाे मृत्यु भयो। त्यसपछि अन्तिम संस्कारका लागि बसमा शव लिएर छोराहरू छिमेकीसहित आइतबार बिहान ७ बजे गुल्मी, पाल्पा र स्याङजाको सिमानामा पर्ने रिडी लागे। शव र मलामी बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा बिहान साढे १० बजेतर सडकबाट खस्याे। घटनास्थलमै ७ जनाकाे मृत्यु भयाे। 

May be an image of text


तीमध्ये वीरबहादुरका साहिँला छोरा ३० वर्षिय पशुपति रसाइली पनि परे। ​

​रसाइलीसहित बुटवल –१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल –११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको पनि दुर्घटनामा ज्यान गएको छ। 

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए। 


दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको उपचार लुम्बिनी मेडिकल कलेज र ६ जनाको उपचार मिसन अस्पताल पाल्पामा भइरहेको छ।

प्रहरीका अनुसार घाइेतमा बुटवल उपमहानगरपालिका–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ का ३१ वर्षीय मीरा रामदाम, सोही स्थानका ५० वर्षीय श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का ५४ वर्षीय गोपाल नेपाली, छत्रकोट गाउँपालिका–३ का ४३ वर्षीय लालबहादुर विक, मालारानी गाउँपालिका–२ का ३७ वर्षीय रमेश टोहटो, तिलोत्तमा नगरपालिका– १४ का ४५ वर्षीय दिलमाया सुनार र सोही स्थानका ४५ वर्षकै तारा सुनार छन्। 

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का ३९ को तुल्सिराम विक,  सोही ठाउँका २२ वर्षीय को दीपक विक, बुटवल उपमहानगरपालिका–१२ का ४८ वर्षीय माधवप्रसाद बस्याल, मलारानी गाउँपालिकाका अर्जुन रसाइली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटा र २७ वर्षीय विष्णु विक घाइते भएको प्रहरीले जनाएको छ। 

घटनापछि बुटवलको रानीगन्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ

 

image: sidha media

 

 

May be an image of text that says 'GARDEN MART GARDEN MART DEPARTMENT STORE Chustmas AND New Year Game stwal 14 LL 8 16 7 9 10 15 19 3 3 17 SCORE 50-99 You Win Ceryime'

Views: