d

निर्मला पन्त हत्याका संदीग्ध भारतीय नागरिक पक्राऊ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १८ पौष । कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ ।


पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कदै गर्दा बलात्कारपछि हत्या भएको थियो ।

 

 

May be an image of text that says 'GARDEN MART GARDEN MART DEPARTMENT STORE Chustmas AND New Year Game stwal 14 LL 8 16 7 9 10 15 19 3 3 17 SCORE 50-99 You Win Ceryime'

Views: