d

धनुषामा प्रहरी–जनमत पार्टी झडप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पोर्ताहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले रबरको गोली चलाउँदा पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । आठ जना प्रहरीलाई पनि चोटपटक लागेको छ ।

No description available.

घाइते हुनेमा सीके राउतका कार्यकर्ता धनुषाको शहीदनगर नगरपालिका–१ बस्ने २५ वर्षीय विजय यादव, जनकनन्दनी गाउँपालिका–४ खजुरी बस्ने २२ वर्षीय बैजनाथ यादव, सबैला नगरपालिका–१ का सञ्जयकुमार साह, कमला नगरपालिका–८ का २८ वर्षीय नथुनी यादव र विदेह नगरपालिका–५ का रामदयाल मुखिया छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीहरूले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । नायब उपरीक्षक बस्नेतले झडपको क्रममा करिब एक दर्जन रबर बुलेट र १६ सेल अश्रुग्यास प्रहार भएको बताए । उनले प्रदर्शनकारीको तर्फबाट ढुंगामुढा हुन् । थालेपछि जवाफमा प्रहरीको तर्फबाट रबर बुलेट प्रहार गरिएको बताए ।

Views: