d

अवैतनिक दूतले  निलो नम्बर प्लेटको गाडी चलाउन पाउने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारले नेपालस्थित अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो प्लेट नम्बर र झण्डा राख्न पाउने सुविधालाई निरन्तरता दिने निर्णय गरेको छ। 


परराष्ट्र मन्त्रालयले केही दिनअघि अवैतनिक दूतहरुलाई गाडीमा पुनः निलो नम्बर प्लेट र झण्डा राख्न दिने निर्णय गरेको जनाइएको हो। 

‘अघिल्लो सरकारले अवैतनिक दूतका गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न लगाएको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय भएको बताइएको छ।  

परराष्ट्रमन्त्री खड्काले नेपालस्थित अवैतनिक दूतहरुसंग केही दिनअघि भएकोे भेटमा गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएको खबरहरुमा जनाइएको छ।  

 

No description available.

Views: