d

अझै खुलेन हिउँले अवरुद्ध मध्यपहाडी राजमार्ग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुकुम (पूर्व) : रुकुम पूर्वमा हिउँले अवरुद्ध बनाएको शहीद मार्ग सञ्चालनमा आएको छ तर, मध्यपहाडी लोकमार्ग भने अझै पनि खुल्न सकेको छैन।

फाइल तस्बिर 

पुथाउत्तरगंगा गाउँपालिका–१२ क्युबाङ–रिका लेकअन्तर्गतको शहीद मार्ग आइतबार खुलेको हो।

No description available.

 

मध्यपहाडी लोकमार्गको बाग्लुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातिहाल्ने खण्ड अझै खुलेको छैन। 

हिउँले अवरुद्ध बनाएको क्युबाङ–रिका शहीद मार्ग सडकखण्डमा गाउँपालिकाको जेसिभीले हिउँ हटाएपछि आइतबार सडक खुलेको बताइएको छ।  
यसैगरी मध्यपहाडी लोकमार्गको पातिहाल्ने सडकखण्ड भएर रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पादेखि काठमाडौं र काठमाडौंदेखि रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पा सञ्चालन हुने दैनिक बस सेवा ठप्प भएको बताइन्छ।  


३ दिनदेखि सिस्ने गाउँपालिकाले जेसिभी र भूमे गाउँपालिकाले इन्धन बेहोरेर हिउँ हटाइरहे पनि सडक खुलेको छैन। 

बाग्लुङले पनि आफ्नो जिल्लातर्फबाट हिउँ हटाइराखेको छ। 

Views: