d

लिम्पियाधुरा आफ्नोमा पार्न भारतले निकालेको नयाँ नक्शाबारे नेपाल सरकारको धारणा माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाली भूभाग अतिक्रमण गरेर भारतले निकालेको १०औं संस्करणको नक्शाबारे सरकार र गठबन्धन दलको धारणा सार्वजनिक गर्न माग गरेको छ।

सर्भे अफ इन्डियाद्वारा जारी भारतको राजनीतिक नक्शामा काली नदीको नाम ‘कुटी याङ्दी’ राखिएको बारे समाचार प्रकाशित भएपनि सरकारले यो विषयमा चासो राखेको पाइदैन।  सरकार मौन बसिरहेका वेला क्रान्तिकारी माओवादीले आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको हो।

’ क्रान्तिकारी माओवादीका प्रवक्ता प्रतीकद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सिमा मिचिदा समेत चुइक्क नबोल्नु प्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ र यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ।’

संसदीय दलहरुले भारतीय रवैया विरुद्द नबोल्नु विदेश भक्तीको उदाहरण भएको उसको आरोप छ।  

Views: