d

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाऔँ : अध्यक्ष लिङ्देन (जनकपुर फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताएका छन् ।


राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उनले भने, “हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।”

सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै उनले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताए ।

“पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन”, अध्यक्ष लिङ्देनले भने, “यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन ।”

पार्टीका कार्यक्रममा माहात्मा गान्धी, माओ र लेनिनको तस्बिरमा माल्यापर्ण गर्ने र उनीहरुलाई आर्दश पुरुष मान्ने तर राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आर्दश नमान्ने परम्परा हामीले देख्दैछौँ भन्दै उनले भने, “त्यसबाट पनि ठूला पार्टी राष्ट्रिय एकता र राष्ट्रियताप्रति कति इमान्दार छन् भन्ने अनुमान लगाउन सक्छौँ ।” राप्रपा राष्ट्रिय एकता, हिन्दू राष्ट्र र राजसंस्था कायम गराउने एजेण्डासहित अघि बढेको उनको कथन थियो ।

अध्यक्ष लिङ्देनले राजा र राजसंस्था राष्ट्रिय अस्तित्वको रक्षक भएकाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नो पार्टी अघि बढिरहेको बताए । नेपाल पनि सिक्किमीकरणमा पर्नेसक्ने उनले चिन्ता व्यक्त गरे । त्यसैको रक्षाका लागि जनता जागरुक हुनुपर्ने उनको भनाइ थियो ।

धर्म निरपेक्षताका नाममा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै उनले यस्तै अवस्था रहिरहे भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा रहेकाले सचेत हुनुपर्ने बताए ।

मुलुकमा रहेका ठूलाठूला उद्योगधन्दा कलकारखाना बन्द भएर देशमा बेरोजगारी बढेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले मुलुक यतिबेला बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बनेको टिप्पणी गरे ।

 

May be an image of 9 people and people standingMay be an image of 8 people, monument and outdoorsMay be an image of one or more people, people standing, people sitting and outdoorsMay be an image of one or more people, people standing, people walking, outdoors and crowd

Views: