d

बैंकमा ‘डिपोजिट’ गर्न लागिएको १६ लाख रुपैयाँ बानेश्वरमै लुटपाट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ  - एनआईसी एसिया बैंकको बानेश्वर शाखामा दाखिला गर्न लैजना लागिएकाे पैसा लुटपाट भएको छ । बैंककै कर्मचारीकाे योजना १६ लाख ३० हजार रुपैयाँ लुटपाट भएको हाे। 

काठमाडाैँ महानगरपालिका.-१० को वडा कार्यालयकाे  १२ लाख ४५ हजार र मेटलाइफ इन्सुरेन्सकाे ३ हजार ८५ हजार रुपैया बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएकाे महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) सुदीप गिरीले बताए ।

लुटपाटमा संलग्नमा चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ घर भएका शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनीश खड्का छन् । इकागज।  

उनले भने, 'आरोपीहरूको साथबाट प्रहरीले १३ लाख ४६ हजार बरामद गरेको छ।'  गत आइतबार काठमाडौँ महानगरपालिका–३१ स्थित युनिग्लोब कलेज अगाडिबाट सङ्कलन गरेर ल्याउँदै गरिएकाे उक्त रकम लुटपाट भएकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।  

Views: