d

 राजेन्द्र लिङ्देनको टिप्पणी: ठूला भ्रष्टाचारका काण्डहरुमा शिर्ष नेताहरुको मिलेमतो छ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२२ पुस, धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन्।

राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको बताए ।

‘तपाईंहरुलाई थाहा छ ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ । ललिता निवास मात्र होइन वाइडवडी जहाज खरीदजस्ता ठूला भ्रष्टाचारका काण्डमा सबै राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको छ,’ लिङ्देनले भने, ‘त्यसैकारण यी प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्री समेतका नेताहरुलाई जोगाइदैछ । अनेक प्रपञ्च गरिदैछ ।’

उनले नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विगत ३१ वर्षदेखि मुुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको टिप्पणी गरे ।

‘उहाँहरुले देश बनाउँछुु भनेको ३१ वर्ष भयो । तर म प्रश्न गर्न चाहन्छु के उहाँहरुले देश बनाउनुभएको छ ? छैन ।’ उनले भने, ‘देश बिग्रिएमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरुलाई कुनै फरक पर्छ ? पर्दैन । उहाँहरुले युवाहरुको भविष्य बिगारिरहनुभएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको पनि लिङ्देनले टिप्पणी गरे ।

Views: