d

झापामा हिमानी कोषको सक्रियता, २७७ बालबालिकालाई पाैष्टिक आहार वितरण (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

तस्बिर: पुनम सिंह राजवंशी 

पर्दाफास, पौष २४ झापा: "जागरूक समाज उज्ज्वल भविष्य" काे मुल मन्त्रका सहित गैर नाफामुखी र गैर राजनीतिक उदेश्यका साथ स्थापित हिमानी काेषका गतिविधिहरू झापामा बढ्न थालेका छन्।

 

No description available.

संस्था द्वारा यस हप्ता झापाका विभिन्न बिद्यालयका २७७ बालबालिकालाई पाैष्टिक आहार उपलब्ध गराइएको हो।  

 पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहकाे नेतृत्वमा रहेकाे सेवामूलक   गैर सरकारी संस्था हिमानी काेषद्वारा झापा जिल्ला, भद्रपुर  नगरपालिका वडा नं. ७ साविक महेशपुरमा पर्ने सरस्वती विद्या मन्दिर प्रा.वि.का ४४ जना बालबालिका तथा भद्रपुर-७, अञ्जलीमाेडमा रहेकाे भृकुटी प्राथमिक विद्यालयका  ४४ जना बालबालिकालाई पाैष्टिक आहार उपलब्ध गराइएको छ।

 साथै भद्रपुर न.पा. बुधकरण चिया बगान क्षेत्रमा रहेकाे मुसहर वस्तीमा रहेका मुसहर समुदायका ३० जना बालबालिकाहरूलाई समेत पाैष्टिक आहार वितरण गरिएको छ। यसैगरी हल्दिबारी गाउँपालिका वडा नं. २, सृजना चाेकस्थित श्री नव सृजना प्राथमिक विद्यालयका बालबालिकाका ६९ जना बालबालिकाले पनि पाैष्टिक आहार पाएका छन्। 

कचनकवल गाउँपालिका-१ पिण्डालबारी स्थित नवदुर्गा आधारभूत विद्यालयका ६० बालबालिकालाई र बाह्रदर्शी गाउँपालिका वडा नं. १, बाेक्राझारी, भागुडुब्बास्थित श्री अमृत माध्यमिक विद्यालयका ६७ बालबालिकालाई समेत पाैष्टिक आहार वितरण गरिएकाे छ। 

साथै हिमानी काेष झापाकाे पहलमा सेवा क्यााडा ईन्टरनेशनलले समेत झापाकाे कचनकवल ३ पथरिया स्थित स्वास्थ्य चाैकी पथरिया र बाह्रदर्शी २ राजगढ स्थित स्वास्थ्य चाैकी राजगढ दुवैलाई ४० लिटरकाे अक्सिजन सिलिन्डर ५ थान लगायतका विविध अस्पताल उपकरण गराएकाे छ। 

 

No description available.

 

यी दुवै स्वास्थ्य चाैकीलाई  हिमानी काेष झापाको प्रयासमा सेवा क्यानडा ईन्टरनेशनलद्वारा थप १-१ थान USG Machine (गर्भवती महिलाको उपचारका निम्ति अत्यावश्यक उपकरण)  उपलब्ध गराउन लागिएकाे छ। 

हिमानी काेष झापाकाे काेडिनेटर पुनम सिंह राजवंशीका अनुसार पाैष्टिक आहार वितरणको कार्यक्रम यस अघि नै गर्नु पर्ने भएता पनि काेभिड-१९ काे दाेश्राे लहरका कारणले केही ढिलाे भएकाे बताउनु भयाे। हिमानी काेष हाम्राे समाजमा रहेका आम सर्वसाधारणका समस्यालाई यथासम्भव समाधान गर्न तत्पर रहेकाे समेत बताउनु भयाे।

 

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: