d

चार वर्षमा संविधानमाथि बारम्बार आक्रमण भयो : पूर्वराष्ट्रपति यादव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२४ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको चार वर्षमा संविधानमाथि पटक पटक आक्रमण भएको बताएका छन् ।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले पछिल्लो एक वर्षमा त संविधानमाथि दुई पटक आक्रमण भएको बताए ।

उनले गत वर्ष राष्ट्रपति र प्रधानमन्त्री मिलेर नै संविधान खत्तम पार्न खोजेको पनि आरोप लगाए । ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे’ उनले भने ।

संविधान जारी भएपछि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका जस्ता संस्थालाई मजबुत बनाउनुपर्नेमा झन् कमजोर बनाइएको पनि पूर्वराष्ट्रपति यादवले टिप्पणी गरे । अहिले पनि न्यायपालिका र संसद ठीक ढंगले चल्न नसकेको भन्दै उनले यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरु सबैले आआफ्नो भूमिका ख्याल गर्नुपर्ने बताए ।

‘प्रतिनिधिसभा राष्ट्रको सम्पूर्ण समस्याको समाधान गर्ने थलो हो । त्यसलाई बन्धक बनाएर राखिएको छ । त्यसका लागि राष्ट्रपतिको कर्तव्य के हो ? सरकार प्रमुखको कर्तव्य के छ ? नागरिक समाजको कर्तव्य के छ ? त्यो कर्तव्य निर्वाह गर्ने कि नगर्ने ?’ पूर्वराष्ट्रपति यादवले भने ।

Views: