d

राप्रपा गौरादहको यस्तो घोषणा....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह स्थित राप्रपा पार्टी कार्यालयमा आयोजित भेलाले यसवर्षको पृथ्वी जयन्ती भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

 

उक्त दिन साझ दमक चोकमा भव्य उपस्थितिमा दिपप्रज्वलन आयोजना गरिने जनाइएको हो ।

 

'क्षेत्र भरिमा पार्टी नेता कार्यकर्ताको उपस्थिति गराएर भब्यता साथ दिप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ ।',

 

गौरादह नगर समिति अध्यक्ष शान्तिराम पौड्यालले पर्दाफासलाई बताए । 'क्षेत्रीय, प्रदेश १ क' तथा क्षेत्र नं. ५ का सबै पालिका समितिको अगुवाईमा कार्यक्रम सम्पन्न गरिने योजना छ, यसवर्ष भब्यताका साथ पृथ्वी जयन्ती मनाउन साथीहरू उत्साहित हुनुहुन्छ ।', पौड्यालले भने ।

 

उनले आगामी माघ ७ गते सम्पन्न हुन गइरहेको प्रदेश स्तरीय सभामा गौरादह बाट उल्लेख्य सहभागिताको लागि समेत विषेश पहलकदमी गरिने जनाए । सोही दिन झापाको काकर्भिट्टामा पृथ्वी जयन्तीकै अवसरमा आयोजना हुने कार्यक्रममा उल्लेख्य सहभागिताको तयारी थालिएको समेत उनले बताएका छन् आगामी माग ७ गते केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिराटनगरमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

भेलामा केन्द्रिय सदस्य अम्बर विष्ट, झापा जिल्ला प्रवक्ता सान नेपाल, जिल्ला सदस्यहरु, प्रदेश क अध्यक्ष जय गुरुङ, पालिका अध्यक्षहरु लगायतको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो। 

Views: