d

झापामा पृथ्वी जन्मजयन्ती: ठाउँ ठाउँमा कार्यक्रम, चोक-चोकमा द्विप प्रज्वलन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।  राष्ट्र निर्माता पृथ्वीनारायण शाहको  ३०० यौं स्मृति जयन्ती विभिन्न कार्यक्रम गर्दै मनाइएको हो।  

दिनभर विभिन्न कार्यक्रम आयोजना गर्दै मुलुकभर हर्सोल्लास साथ पृथ्वी जयन्ती मनाइएको छ भने सांझ पख चोक-चोकमा द्विप प्रज्वलन  समेत सम्पन्न गरिएको छ।    

काकरभिट्टामा कार्यक्रम 

झापाको पूर्वी द्वारा कार्कर्भिट्टामा विविध कार्यक्रम साथ पृथ्वी जयन्ती मनाएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको आयोजना तथा मेची नगर समितिको अगुवाईमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा  पुर्व मन्त्रि तथा निर्वाचित केन्द्रिय सदस्य
रामकुमार सुब्बाले सम्बोधन गरेका थिए।  

उक्त अवसरमा नेता सुब्बाले पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदान बारे चर्चा गरे।  राप्रपाले उठाएको राजसंस्था सहितको हिन्दु राष्ट्रको एजेन्डा बारे प्रकाश पारेका थिए।  

कार्यक्रममा मेची नगर नगरपालिका मेयर विमल आचार्य, उपमेयर तथा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजीनितिक दलको समेत प्रतिनिधित्व रहेको थियो।  

कचनकवलमा शालिक स्थापना 

राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्चस्व रहेको कचनकवल गाउँ पालिकामा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ।  
गाउँपालिकाको सहयोगमा शालिक निर्माण गरिएको जनाएको छ।    

कन्काई नगरपालिकाले गर्यो शालिक निर्माणको सिल्यान्यास 

यस्तै पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसर पारेर आजै कनकाई नगरपालिकाले सुरुङ्गामा पूर्ण कदको सालिक निर्माणको शिल्यान्यास गरिएको छ।  नगर प्रमुख राजेन्द्र पोखरेलले सालिक निर्माणकालागि निर्माणस्थलमा शिलान्यास गरेका हुन् । 

तस्विरहरु 

No description available.No description available.No description available.
 

Views: