d

पृथ्वी जयन्तीका अवसरमा राप्रपा नेता शाहको यस्तो चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ईलाम: एमसिसि नेपालमा कुनै पनि हातलमा पास हुन नदिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य प्रल्हाद शाहले बताएका छन्  । आफूलाई गणतन्त्रबादी नेता भन्न चाहने काँग्रेस, एमाले, माओबादी र जनता समाजबादी पार्टीका भ्रष्टचारी नेताहरु एमसिसि पास गराउने खेलमा लागेर देश बेच्न लागिरहेको आरोप लगाउँदै उनले यदि एमसिसि पास गर्न खोजिए राप्रपाले देशमा आन्दोलनको आँदिबेहरी ल्याउने चेतावनी दिए ।


राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मंगलबार ३ सय औँ जन्मजयन्ती मनाउने क्रममा राप्रपा इलामले सदरमुकाममा आयोजना गरेको सभामा बोल्दै केन्द्रिय सदस्य शाहले भ्रष्टचारमा लिप्त रहेका नेताका नाइकेहरु राजा आए भ्रष्टचार गर्न पाइँदैन भनेर आत्तिएको बताए ।  राप्रपाले लिएको बिचारलाई स्थापित गराउँदै राम राज्य स्थापित गराउने गरी राप्रपा लागेको पनि बताए । शाहले कुशासन अन्त्यका लागि सबै जनता एकजुट हुनका लागि पनि आव्हान गरे ।

कार्यक्रम राप्रपा इलामका अध्यक्ष यामप्रसाद चापागाइँको अध्यक्षतामा भएको थियो । सभा सुरुहुन पूर्व राप्रपाले ठूलो टुडिखेलबाट रयाल िनिकालेको थियो । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वि सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

१७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको सुरुवात गरेका पृथ्वीनारायण शाहको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ३०० औँ जन्मजयन्ती मनाइएको छ । नेपाल वाणी

Views: