d

पूर्व राजा ज्ञानेन्द्र शाहको विज्ञप्ती: गणतन्त्र पक्षधरलाई कडा चुनौती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान राजाकै हैसियतमा विज्ञप्ति जारी गर्नु भएको छ।  करिव १४ वर्ष  नारायण  हिटी राजदरवार छोडी निर्मल निवास प्रस्थान गर्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले आज पृथ्वी जयन्तीका अवसरमा जारी गर्नु भएको विज्ञप्तीमा वर्तमान राजाकै हैसियत विज्ञप्ती जारी गर्नु भएको हो।   विज्ञप्तीमा वहाँले गणतन्त्र नामक व्यस्थाको औचित्य समाप्त भई सकेको उल्लेख गर्नु भएको छ।  वहाँले अफाप सिद्ध भैसकेको गणतन्त्रको अभ्यासमा समय खेर फाल्न नहुने बताउनु भएको छ।  

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा सोमवार शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले सबैभन्दा उन्नत दावी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रको अस्तित्वका बारेमा नै चीन्ता गर्नुपर्ने परिस्थिति निर्माण भएको टिप्पणी गर्नु भएको हो । 

अब त्यस्तो तन्त्रमा अभ्यासको ब्यर्थ प्रयासमा समय वर्वाद गर्न नहुने भन्दै उनले अब यो निष्कर्ष निकाल्न ढीला गर्न नहुने बताउनु भएको छ

 

Views: