d

हिमाली मा.वि. मा पठनपाठन स्थगित, तत्कालै अनलाइन कक्षा संचालन हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको कमल गाउँ पालिका वडा न. ६ गेउरिया स्थित हिमाली मा.वि. ले बिद्यालयको पठन पाठन स्थगन गरेको छ।  बढ्दो कोभिड सक्रमणलाई ध्यानमा राख्दै केहि दिनको लागि बिद्यालयको पठनपाठन स्थगन गरिएको बताइएको हो।  

'चिसो अत्याधिक बढेको छ, यो समयमा कोभिड संक्रमण बढ्यो भने थप जटिलता निम्तन सक्छ, जाडो विदालाई समेत मध्यनजर राख्दै बिद्यालनको पठनपाठन तत्काललाई स्थगन गरिएको छ।', प्लस २ कोअर्डिनेटर भानु प्रताप न्यौपानेले पर्दाफास संग भने।  
कोअर्डिनेटर न्यौपानेका अनुसार आगामी माघ १५ सम्मका लागि पठनपाठन स्थगन गरिएको छ। 

'अवस्था कस्तो हुन्छ भन्ने कुरा हो, झट्ट हेर्दा झापामा अहिलेनै कोभिड संक्रमण बढ्ला भन्ने जस्तो पनि देखिदैन यद्दपी होसियारी अपनाउदा संक्रमण बढ्ने खतरा समेत कम रहन्छ।', न्यौपानेको भनाई रहेको छ।  

हिमाली मा वी दक्षिण पश्चिम झापाको निकै राम्रो अध्ययन गन्तब्य मानिन्छ।  यसै वर्ष देखि शुरु भएको प्लस २ कक्षाहरु संचालनमा ल्याएको यस बिद्यालयमा कक्षा ११ मा कानून, शिक्षा शास्त्र, होटल म्यानेजमेन्ट, वाणिज्य लगायतका विषयहरु अध्यापन गरिदै आएको छ।  आधुनिक प्रविधीबाट पढाइ हुने यस बिद्यालयले गत सालको कोरोना महामारीमा समेत अटुट रुपमा अनलाइन कक्षा संचालन गरेको थियो।  
यो वर्ष पनि कोभिड महामारी बढेमा बिद्यालयको पठनपाठनलाई निरन्तरता दिदै अनलाइन प्रविधिका कक्षाहरु तत्काल संचालन गरिने संचालकको भनाइ रहेको छ।  

Views: