d

 लिङ्देनको उदय संगै पृथ्वीनारायण शाहका सालिक धमाधम निर्माण हुन थाले

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: गणतन्त्रको स्थापना पछि तोडफोड गरिएका राष्ट्र निर्माता पृथ्वीनारायण शाहका सालिकहरुले यो वर्ष देखि उठ्ने मौका पाएका छन् ।  राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सालिक निर्माणमा अभियाननै सुरु गरेपछि पृथ्वीनारायण शाहका सालिकहरु धमाधम निर्माण हुन थालेको पाइएको हो । 
  

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजेन्द्र लिङ्देनले नेतृत्व प्रदान गरेको १ महिना मात्र भएको छ । एक महिना अवधिमा निकै महत्त्वपूर्ण कार्यहरू अगाडी बढाइरहेका लिङ्देनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका सालिकहरु पुनर्स्थापना गर्ने अभियाननै चलाएका छन् । उनको अभियानलाई धेरै वटा स्थानीय तहले साथ दिन थालेको पाइएको छ । कतिपय पालिका प्रमुखले स्वतस्फूर्त रूपमा सालिक निर्माण गर्न शुरुआत गरिसकेका छन् भने कतिपय स्थानमा पृथ्वीनारायण शाहको ३०० यौं जन्मजयन्तीको अवसर पारेर सालिक स्थापना गरिएको पाइन्छ । 

यो वर्ष निकै भब्यता साथ राष्ट्रिय एकता दिवस मनाईनुले पनि राप्रपा अध्यक्ष लिङ्देनको क्रेज अझ बढ्दै गएको अनुमान गरिएको छ ।

Views: