d

नाबालिकालाई फेसबुकमार्फत भिडियो बनाएर ब्ल्याकमेल गरी बलात्कार, आरोपित पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नक्कली फेसबुक आइडी बनाएर एक नाबालिकासँग सम्बन्ध बढाउँदै बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटनस्थित सुन्धारा बस्ने वर्ष २१ का सुजन श्रेष्ठले पीडित नाबालिकासँग निकटता बढाएर विभिन्न धम्कीका साथ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विगत २ महिना अगाडि मात्र पीडितसँग साथी बनी सुरू भएको चिनजान अगाडि बढ्दै जाँदा सुजनले बारम्बार भिडियो कल गरी संवेदनशील अङ्गहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए ।


पछि उनले स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धाक धम्की दिएको बताइएको छ । उनले ब्ल्याकमेल गरी पुस २७ गते राति अन्दाजी ८ बजेको समयमा पीडितलाई काठमाडौं बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाई जवरजस्ती करणी गरी फरार रहेको प्रहरीले जनाएको छ ।


सुजनलाई पुस ३० गते नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रातो पाटी

Views: