d

 ‘योगेश भट्टराईलाई मन्त्री आलेको चेतावनी 'कारबाही गरेरै छाड्छु’ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले  पूर्वपर्यटनमन्त्री योगेश भट्टराईलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

भट्टराईले विदेशबाट नेपाली नागरिक उद्दारका क्रममा गरिएको प्लेन चार्टरमा तोकिएको भन्दा ४ गुणा बढी भाडा लिएको आरोप लगाएका हुन् । 

भट्टराईको पालामा भएको अनियमितताको बारेमा छानबिन समितिले अध्यायन गरिरहेकाले प्रतिवेदन आएपछि उनीमाथिको कारबाही अगाडि बढाइने बताएका छन् । 

‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको हवाला दिए । सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ,’ आलेले भने । 

भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले उनले भ्रष्टाचार गरेको निष्कर्ष निकालेको आलेले बताएका छन् । 

‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्कर्ष निकालिएको प्रमाण छ,’ मन्त्री आलेले भने  ।

अगरियाको प्रतिवेदनले तत्कालीन मन्त्री भट्टराईलाई कारबाहीका लागि सिफारिस गरपनि त्यसको सुनुवाइ हुन नसकेको आलेले बताएका छन् । आफूले १० दिनको समय राखेर पुनः छानविन समिति बनाएर अध्यान गर्ने निर्देशन दिइसकेको उनले बताएका छन् । 

छानबिन समितिको प्रतिवेदनले भट्टराईलाई दोषी करार गरेको खण्डमा आफूले नछाड्ने चेतावनी दिएका छन् । साथै उक्त भ्राष्टाचारमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दोषी भए पनि कारबाही हुने उनले बताएका छन् । 

Views: