d

राजेन्द्र लिङ्ग्देन झापामा, बृहत पार्टी प्रवेश आयोजना हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन सनिवार साँझ झापा आइपुगेका छन् । अध्यक्ष निर्वाचित भए पश्चात लिङ्ग्देनको यो दोश्रो झापा भ्रमण हो।  अघिल्लो पटक झापा आउँदा जिल्लाभरिबाट २ हजार जना भन्दा बढीले अध्यक्ष लिङ्ग्देनको हातबाट टिकट लिएर राप्रपा प्रवेश गरेका थिए।  यो पटक पनि बृहत पार्टी प्रवेशका कार्यक्रमहरु रहेको जनाइएको छ। 

  झापा बसाइको क्रममा कार्यकर्ता भेटघाट सहित विभिन्न स्थानमा सामाजिक दुरी सहितका कार्यक्रमहरु आयोजना हुने जिल्ला अध्यक्ष केशव ओझा बताउछन्।
'कन्काई नगरपालिका, झापा गाउँ पालिकाको कार्यक्रम तय भएको छ, ७ गते बिराटनगरमा आयोजना हुने कार्यक्रमको शिलसिलामा अध्यक्ष लिङ्ग्देन झापा आउनुभएको हो।', अध्यक्ष ओझाले पर्दाफास संग भने।  
       

Views: