d

उत्तर प्रदेश विधानसभा : योगी आदित्यनाथ गोरखपुरबाट चुनाव लड्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- उत्तर प्रदेश विधानसभा निर्वाचनका लागि भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता धर्मेन्द्र प्रधानले केन्द्रीय निर्वाचन समितिले वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथलाई गोरखपुरबाट उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।


सोही क्रममा पार्टी नेता अरुण सिंहले उपमुख्यमन्त्री केशवप्रसाद मौर्य सिरथुबाट र संगीत सोम सरधनाबाट चुनाव लड्ने बताए।


पार्टीले पहिलो चरणको निर्वाचनका लागि ५७ र दोस्रो चरणका लागि ४८ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

कैरानाबाट मृगांका सिंहलाई उम्मेदवार बनाएको छ। सामलीबाट तेजेन्द्र सिंह निर्वाल, बागपतबाट योगेश धामा, गाजियाबादबाट अतुल गर्ग र मथुराबाट श्रीकान्त शर्मालाई मनोनयन गरिएको छ।

Views: