d

रूसी नेता पुटिन र इरानी राष्ट्रपतिबीच अर्को हप्ता मस्कोमा भेटवार्ता हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्नुहुने भएको छ ।

दुई नेताबीचको भेटवार्ताबारे रूसी प्रसारक रोसिया–१ ले आइतबार सो जानकारी दिएको हो ।

सन् २०२० को अगस्टमा राईसीले इरानको राष्ट्रपतिको रूपमा शपथ लिएपछि यी दुई नेताबीचको यो पहिलो आधिकारिक वार्ता हुनेछ ।

डिसेम्बर महिनाको सुरुमा एक पत्रकार सम्मेलनमा रूसी नेता पुटिनले नयाँ इरानी राष्ट्रपतिलाई सन् २०२२ को जनवरीमा मस्को भ्रमण गर्न आमन्त्रित गरेको जानकारी गराउनुभएको थियो । उहाँहरूबीच गत नोभेम्बरमा टेलिफोन वार्ता भएको थियो ।

दुई नेताबीच रूस–इरानबीचको कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउने, खाडी क्षेत्र, सिरियालगायतका मध्यपूर्वमा रहेका देशहरूको सुरक्षालगायत विविध विषयमा छलफल हुने बताइएको छ ।

Views: