d

गौरादह जेसिस नेतृत्वमा जेसी विनिता अधिकारी (कटुवाल)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह जेसिस वर्ष २०२२ नेतृत्वमा जेसी विनिता अधिकारी (कटुवाल)  निर्वाचित भएकी छिन्।  जेसिस गौरादहको ९ औं साधारण सभा मार्फत आइतवार मध्यरात सम्म चलेको साधारण सभाले अधिकारीलाई सर्वसम्मत रुपमा २०२२  अध्यक्षमा घोषणा गरिएको हो।  
 विधान अनुसार १ वर्षमा कार्यसमिति परिवर्तन हुने जेसिसमा वर्ष २०२१ अध्यक्षमा जेसी एकराज घिमिरे रहेका थिए।  
 
नेतृत्व सम्हाले संगै अधिकारी गौरादहमा जेसिसमा प्रथम महिला अध्यक्ष समेत भएकी छिन्।  

अधिकारीको नेतृत्वले गौरादह जेसिसलाई निकै बलियो बनाउन मद्दत गर्ने विश्वास समेत लिईएको छ।  

कटुवाल संगै जेसी प्रकाश भट्टराई र जेसी योगेस आचार्य समेत अध्यक्षको आकांक्षी रहेका भएता पनि सर्सम्मत गर्ने प्रयासमा साधारण सभा मध्ये रात सम्म चलेको जेसी क्रान्ती दिप काफ्ले बताउछन्।  
 
'जेसिस भनेकै कुशल नेतृत्व निर्माण गर्ने संस्था हो। हाम्रा सदस्यहरु नेतृत्वमा आउन चाहनु स्वाभाविकनै हो।  विनिता भाउजु महिला नेतृत्वमा समेत अब्बल मानिनु हुन्छ, वहाँलाई अध्यक्ष बनाउन पाइने भएपछी सबै साथीहरु सहमतमा आउनु भयो।', वर्ष २०१७ का अध्यक्ष समेत रहेका काफ्लेले पर्दाफास संग भने।  


साधारण सभाले जनसम्पर्क अधिकारी पदमा बिक्रम तिवारी, कार्यकारिणी उपाध्यक्षमा जेसी दुर्लभ कार्की र दिपेश पोख्रेल तथा अन्य ४ उपाध्यक्षमा एकता पोख्रेल, सुमन  खत्री, निशान अधिकारी र साजन चुडाल रहेको बताईएको छ।  

महासचिब, कोषाध्यक्ष लगायतका पदपुर्ती भने विधान वमोजिम अध्यक्षले गर्ने जनाइएको छ। 
साधारण सभा सम्पन्न भएता पनि पदस्थापन कार्यक्रम भने जनवरीको अन्त्य सम्ममा तय हुने जेसी काफ्लेले बताए।   

 

Views: