d

देशको लागी कुनै दिन घात गरें भने मलाई चौबाटोमा लगेर झुण्ड्याए हुन्छ - लिङ्देन (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
  • जनता कसैको गोठको गाई बस्तु होइन 
  • हामी आफ्नै हिम्मतले चुनाव लड्छौं
  • नव प्रवेशीले म माथी भरोसा गरेका छन्, यो भरोसा माथी कुठाराघात गर्दिन
  • देशलाई शिरमा राखेर हिडेको छु
  • राजनीति भनेको जनताको सेवा हो,  पेशा वा  व्यापार होइन 
  • गल्ती गरें भने चौबाटोमा लगेर झुण्ड्याए हुन्छ
  • छोराछोरी पाल्न अरु नै काम गर्नु पर्छ, राजनीति होइन
  • राप्रपामा नव प्रवेश गर्नेहरू राप्रपामा आएका मात्र होइनन्, देश र धर्म जोगाउने अभियानमा जोडिएका हुन् 

 

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा नवप्रवेशीहरु राप्रपामा भनेर मात्र आएका नभएर देश र धर्म जोगाउने अभियानमा समेत जोडिएका बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी कन्काई नगरसमिति द्वारा सुरुङ्गा  आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेका हुन् । 

कन्काई नगरपालिका वडा न ३ स्थित खानेपानी उपभोक्ता समितिको सभाहलमा सम्पन्न कार्यकममा अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी मिलेर देश लुटिरहेको कुरा नेपाली जनताले बुझिसकेको बताए ।

'स्विजर्ल्यान्डका बैंकमा राजा रानीको नाममा रहेको पैसा ल्याउदा प्रत्येक नेपालीलाई ४ बिघा जग्गा र ५ तोला सुन बाढ्न पुग्छ भन्नेहरूलेनै अन्धाधुन्द देश लुटेको बताए।  

अध्यक्ष लिङ्देनले भने, 'राजाको पैसा ल्याउछौ भनेर शासन सत्ता हातमा लिनेहरुको सम्पत्ति छानबिन गरौं न, राप्रपा बाटै शुरु गरे भै हाल्यो नि हामी जहिले पनि तयार छौं '। 

अध्यक्ष लिङ्देनले भने, 'राजा आएभने देश बर्बाद हुन्छ भन्दै राजाको डर देखाएर राजनीति गर्नेहरूले देश लुटेको घाम झै छर्लङ्ग छ, राजालाई गाली गरेर राजनिति गर्ने एमाले, कांग्रेस र माओवादीको राजनीतिक एजेन्डा कता हरायो?', प्रश्न गरे।

कार्यक्रममा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले युवाहरू परिवर्तनका सम्बाहक भएको बताए । अध्यक्ष लिङ्देनको अभियानलाई साथ दिदै नेपाल भरीका युवाहरूको आकर्षण राप्रपामा बढ्न थालेको बताए । 

जनता कसैको गोठको गाई वस्तु नभएको भन्दै उनले आगामी निर्वाचनमा राप्रपा आफनी हिम्मतले चुनाव लड्ने बताए।  

नजिकै आउंदै गरेको स्थानिय निर्वाचनमा प्रत्यक वडा देखि पालिका प्रमुख / उपप्रमुख पदमा एकलाई चुनाव लड्ने बताउदै तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे।  

कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य तारामाया राई सहित नवप्रवेशी युवाहरूले धारणा राखेका थिए । 

कार्यक्रममा २०० जना भन्दा बढी स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा प्रवेश गर्नेहरू मध्ये अधिकांश युवा समुदायका रहेका छन्।

May be an image of 5 people, people standing and indoorMay be an image of 6 people, people standing and indoorMay be an image of 5 people, people sitting and people standingMay be an image of 7 people and people standingMay be an image of 6 people and people standingMay be an image of 3 people and people standingMay be an image of 4 people and people standingMay be an image of 7 people and people standingMay be an image of 5 people and people standingMay be an image of 6 people, people standing and indoorMay be an image of 4 people, people standing and indoorMay be an image of 7 people and people standingMay be an image of 3 people, people standing and indoorMay be an image of 6 people and people standingMay be an image of 5 people and people standingMay be an image of 4 people, people standing and indoorMay be an image of 6 people, people sitting, people standing and indoorMay be an image of 3 people, people sitting and people standingMay be an image of 5 people, people standing and indoorMay be an image of 6 people, people standing and indoorMay be an image of 5 people, people sitting and people standingMay be an image of 7 people and people standingMay be an image of 6 people and people standingMay be an image of 3 people and people standingMay be an image of 4 people and people standingMay be an image of 7 people and people standingMay be an image of 5 people and people standingMay be an image of 6 people, people standing and indoorMay be an image of 4 people, people standing and indoorMay be an image of 7 people and people standingMay be an image of 3 people, people standing and indoorMay be an image of 6 people and people standingMay be an image of 5 people and people standingMay be an image of 4 people, people standing and indoorMay be an image of 6 people, people sitting, people standing and indoorMay be an image of 3 people, people sitting and people standing  

Views: