d

बाल्यकालमा दु:ख पाएका राप्रपा नेता सङ्ग्रौला कम्बल बोकेर गाउँगाउँमा (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको दक्षिण पश्चिम् भेगमा पर्ने गौरिगन्ज गाउँपालिका वडा नं. ३ स्थित ठेकिटोलाका ५६ विपन्न परिवारलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा समाजसेवी लक्ष्मीप्रसाद संग्रौलाको सौजन्यमा ठेकिटोला आसपासका विपन्न समुदायलाई कम्बल वितरण गरिएको हो । 

बिगत १ महिना देखि झापाका विभिन्न क्षेत्रमा कम्बल तथा झुल वितरण गर्दै आएका समाजसेवी नेता संग्रौलाले केही समय अघि गौरिगन्जका ४५० विपन्न समुदायलाई कम्बल वितरण गरेका थिए । 

कम्बल वितरणमा छोटो सम्बोधन गर्दै समाजसेवी नेता संग्रौलाले आफुले पवित्र हृदय बाट वितरण गरेको मायाको चिनोलाई राहतको रूपमा नलिईदिन आग्रह गरे । 

आफू पनि विपन्न किसानको छोरो भएकोले गरिबी र विपन्नताको अनुभव राम्रोसंग गरेको अनुभव सुनाए । 

'म अढाई वर्षको थिएँ, त्यही बेला दुर्घटनामा परि बुवाको निधन भयो, बुबाले छोडेर गएपछि हाम्रो परिवारमा आएको विपत्तिको बारेमा बोल्न सक्ने मसंग कुनै सामर्थ्य छैन ।', संग्रौलाले बाल्यकाल स्मरण गरे । 

सोही अवसरमा नेता संग्रौलाले दुबै मृगौला खराब भएर उपचार समस्यामा रहेका ३५ वर्षीय देवेन्द्र रोक्कालाई स्वास्थ्य बिमाको लागि सहयोग स्वरुप नगद ३५ सय समेत हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा राप्रपा झापा जिल्ला प्रवक्ता सान नेपाल, राप्रपा क्षेत्र नं. 'क' वरिष्ठ उपाध्यक्ष तथा पुर्व डिएस्पी बाबुराम कटुवाल, स्थानीय समाजसेवीहरु सुजित राई, निलमणी काफ्ले,  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।राप्रपा वडा अध्यक्ष इश्वरी कठायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा गौरिगन्ज गाउँपालिका सचीव  खड्ग भण्डारीले सन्चालन गरेका थिए ।

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: