d

वेपत्ता भनिएका सबै बालक भेटिए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३० पुष , झापा/ झापाको गौरादह नगरपालिका वडा न. ३ निवासी बेपत्ता भएका  स्थानिय तीनजना नाबलकहरु सकुशल फेला परेका छन् । २ जना पहिलेनै फेला परेका र बाकी रहेका अर्का एक बालक समेत मंगलबार फेला परेको  इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।  बेपत्ता भएका बिबेक पराजुली,   विशाल पराजुली र आयुष राजवंशी बेपत्ता भएका र सबै जना खोजतलासीको क्रममा फेला परेको बताइएको छ ।   

गौरादह नगरपालिका वडा न. ३ स्थित बरगाछि टोलबाट बिहिबार बेलुका करिब ४:०० बजे देखि उनिहरु बेपत्ता भएका थिए  ।

बेपत्ता भएको थाहा पाउने बित्तिकै प्रहरीले खोजि अभियानलाई तिब्रता दिएको थियो।  

Views: