d

उपभोक्ता भन्छन्- गौरादह थोक बजारमा सब्जी निकै सस्तो र छानीछानी पाइन्छ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकाले व्यवस्थापन गरेको वडा न. २ मा रहेको तरकारी थोक बजारमा साग सब्जीहरु निकै सस्तो हुने गरेको ग्राहकहरुको भनाई पाइएको छ।  सब्जी बजारमा बजार भर्ना आउनेहरुले यसो भनेका हुन्।  

साझ पख बजार बन्द हुने लाग्दा सब्जीहरु अझ सस्तो पाइने गरेको एक स्थानिय महिलाले अनुभव सुनाइन्। 


'हप्तामा २ दिन हटिया लाग्छ, त्यहि मौकामा थोक बजारमा बजार भर्न आउछु।  अन्यत्रको तुलनामा सब्जी निकै सस्तो र छानी छानी पाइन्छ।', ति महिलाले भनिन्।  

थोक बजारमा स्थानिय उत्पादन समेत आउने भएकोले सब्जी निकै सस्तो र अर्गानिक समेत पाइने गरेको ग्राहकहरु बताउछन्।  

थोक बजार स्थलमा सब्जी खरिद गर्न आएका गौरादह कृषि क्याम्पसमा अध्ययनरत एक बिद्यार्थीले भने 'व्यवासायीहरुले मूल्य सुची राखेका हुदैन् यद्दपी  अन्यत्र बेच्न राखिएका सब्जी भन्दा थोक बजारमा सब्जी सर्व सुलभ मूल्यमै किन्न पाइएको छ। '

उनले दैनिक उपभोग्य वस्तुको मूल्य सुची टाँस गरिनु पर्ने आश्यकता रहेकोले नगरपालिकाले यस तर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।  

 

Views: